अपराध

लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ

इकागज |
जेठ २३, २०८० मंगलबार १७:२५ बजे

फाइल फोटो

धनगढी - धनगढीमा लागूऔषधसहित एक किशोरी पक्राउ परेकी छन् ।

सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागूऔषधसहित पक्राउ परेकी हुन् । उनलाई एक ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।


Author

थप समाचार
x