अपराध

७९ किलो गाँजा सहित भारतीय ट्रक नियन्त्रणमा

इकागज |
मंसिर १४, २०७९ बुधवार १९:४० बजे

मकवानपुर । मकवानपुर प्रहरीले बुधबार ७९ किलो लागूऔषध गाँजासहित भारतीय ट्रकलाई नियन्त्रणमा लिएकाे छ । जिल्लाको मनहरी गाउँपालिकामा भारतीय ट्रकबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हाे ।  

भारतीय ट्रकलाई लागुऔषध गाजाँ लोड गर्दागर्दै प्रहरीले नियन्त्रणमा लिएको हाे । मनहरी गाउँपालिका–६ कत्लेखोलास्थित पुर्वपश्चिम सडक खण्डमा डब्लु बि ५९सि६७३५ नम्बरको भारतीय ट्रकलाई उक्त परिणामकाे लागुऔषध गाँजा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।  


उक्त गाँजा ईलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बल आईआरटी पोष्ट कत्ले खोलाबाट खटिएको संयुक्त टोलीले ट्रकमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार, हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । लागुऔषध लोड गर्ने र ओसारपसारमा संलग्न ब्यक्तिको नाम प्रहरीले खुलाएको छैन ।


Author

थप समाचार
x