अपराध

बलात्कार गरेको भनी झुटाे जाहेरी दिने महिला पक्राउ

इकागज |
असोज १५, २०७९ शनिबार २०:१० बजे

भक्तपुर- आफूलाई जबरजस्ती करणी गरेको भन्दै झुटाे जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

नवलपरासी बर्दघाट चिसापानी घर भई हाल काठमाडौँ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो । आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


महिलाको निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ ।

उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । 


Author

थप समाचार
x