क्रिकेट

एसीसी प्रिमियर कप : साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

इकागज |
बैशाख ५, २०८१ बुधबार १५:४ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

समूह 'ए' अन्तर्गत अल अमेरातमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले तय गरिएको ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन बनायो ।


साउदी अरेबियाका लागि अब्दुल वाहिदले ३७ रन बनाए । नेपालका लागि करण केसी र अविनाश बोहराले २-२ तथा प्रतिश जिसी र ललित राजवंशीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x