क्रिकेट

टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्‌स भिड्दै

इकागज |
फागुन १७, २०८० बिहीबार ७:४० बजे

काठमाडौँ- जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्‌सबीच खेल हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ९:३० बजेदेखि शुरु हुनेछ ।


जारी सिरिजमा नामिबिया र नेदरल्याण्ड्‌सले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्ड्‌सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।

आइसीसीको टी-२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्‌स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ ।

सिरिजको बाँकी खेल तालिका
- नामिबिया भर्सेज नेदरल्याण्ड्‌स, फागुन १७ गते बिहीबार ।
- नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
- नेपाल भर्सेज नेदरल्याण्ड्‌स, फागुन १९ गते शनिबार ।
- नामिबिया भर्सेज नेदरल्याण्ड्‌स, फागुन २० गते आइतबार ।

फाइनल, फागुन २२ गते मंगलबार


Author

थप समाचार
x