क्रिकेट

एक खेलअगावै भारतले जित्यो अस्ट्रेलियाविरुद्ध क्रिकेट सिरिज

इकागज |
मंसिर १६, २०८० शनिबार १०:२५ बजे

काठमाडौँ- एक खेल अगावै भारतले पाहुना टोली अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । शुक्रबार राति राइपुरमा भएको चौथोँ खेल भारतले २० रनले जित्दै सिरिज ३-१ को अफ्नो पक्षमा पारेको हो ।

शुक्रबारको खेलमा भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन जोड्यो ।


अस्ट्रेलियाका लागि कप्तान म्याथ्यू वाडेले सर्वाधिक ३६ रन तथा ट्राभिस हेडले ३१ रन बनाए । भारतका अक्सर पटेलले सर्वाधिक ३ तथा दिपक चहरले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भारतका लागि रिंकु सिंहले सर्वाधिक ४६ रनको योगदान गरे । यशस्वी जयसवालले ३७ रन बनाए ।

अस्ट्रेलियाका लागि बेन ड्वारस्विसले सर्वाधिक ३ विकेट लिए ।


Author

थप समाचार
x