क्रिकेट

यू-१९ एसिया कप खेल्ने नेपाली टिममा को-को अटाए ? भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्ने

इकागज |
मंसिर १३, २०८० बुधबार १०:२९ बजे

काठमाडौँ- एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एसिया कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो । देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ ।

नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, गुलशन झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।


यू-१९ एसिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । दुबईमा हुने यू-१९ एसिया कप मङ्सिर २२ (डिसेम्बर ८) देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ ।

खेल तालिकाअनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल मङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।

कुल ८ देशले भाग लिने यू-१९ एसिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।

दुवै समुहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५) मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुनेछ ।


Author

थप समाचार
x