क्रिकेट

अस्ट्रेलियन ब्याट्सम्यान वार्नरले सिड्नीमा अन्तिम टेस्ट खेल्ने

इकागज |
जेठ २०, २०८० शनिवार १६:७ बजे

काठमाडौँ- अस्ट्रेलियन ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले २०२४ को सुरुवातमै टेस्ट क्रिकेटबाट सन्यास लिने भएका छन् । वार्नरले आगामी जनवरीमा सिड्नीमा पाकिस्तानविरुद्धको टेस्ट आफ्नो अन्तिम टेस्ट खेल हुने बताएका आईसीसीले जनाएको छ ।

भारतविरुद्धको आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलका लागि इंग्ल्यान्ड पुगेका वार्नरले टेस्ट क्रिकेटमा आफ्नो भविष्यबारे जानकारी गराएका हुन् ।


भारतविरुद्धको खेलपछि अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध एसेस खेल्ने तालिका रहेको छ । वार्नरले भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्ने योजना बनाएपनि उनले टेस्ट क्रिकेटबारे भने निर्णय गरिसकेका छन् ।


Author

थप समाचार
x