क्रिकेट

अफगानिस्तानले पहिलो पटक जित्यो पाकिस्तानविरुद्धको सिरिज

इकागज |
चैत १३, २०७९ सोमबार ९:४० बजे

काठमाडौँ- अफगानिस्तानले पाकिस्तानविरुद्धको ३ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेलअगावै जितेको छ । आइतबार राति भएको दोस्रो खेल ७ विकेटले जित्दै अफगानिस्तानले सिरिज २-० ले आफ्नो पक्षमा पार्‍यो । यसअघि पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । अफगानिस्तानले पाकिस्तानविरुद्ध पहिलो पटक सिरिज जितेको हो ।  

लगातार दोस्रो खेल जित्न अफगानिस्तानले १ सय ३१ रनको लक्ष्य १९ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । अफगानिस्तानको जितमा रहमानुल्लाह गुरवाजले ४४ रन तथा इब्राहिम जदरनले ३८ रनको योगदान गरे । पाकिस्तानका जमन खान र इहसानुल्लाहले एक-एक विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन जोड्यो । पाकिस्तानका लागि इमाद वासिमले अविजित ६४ रन बनाए । अफगानिस्तानका फजालहक फारुकीले सर्वाधिक २ विकेट लिए ।


Author

थप समाचार
x