क्रिकेट

भारतमा तथा रन्जी ट्रफी खेल्न पाए नेपाल चार वर्षमै टेस्ट राष्ट्र बन्छ: मोन्टी देसाईं

इकागज |
चैत ७, २०७९ मंगलबार १०:२० बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईंले भारतमा तथा भारतको रन्जी ट्रफीमा खेल्न पाएको खण्डमा नेपाल आगामी चार वर्षमै टेस्ट खेल्ने राष्ट्र बन्ने दाबी गरेका छन् ।

क्रिकेट अनलाइन क्रिकबजसँगको कुराकानीका क्रममा भारतीय पूर्वखेलाडी तथा नेपाली टिमका मुख्य प्रशिक्षक देसाईंले नेपाली टिमले भारतमा तथा रन्जी ट्रफीमा खेल्न पाए नेपाल चार वर्षमा टेस्ट राष्ट्र बन्ने दाबी गरे ।


आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा पछिल्ला १२ मध्ये ११ खेल जिताएका प्रशिक्षक देसाईंले आईसीसीका प्रतिनिधिसँगै बीसीसीआईका सचिव तथा एसीसीका अध्यक्ष जय शाहसँग नेपाललाई भारतमा तथा रन्जी ट्रफीमा खेल्न दिनुपर्ने बताएको क्रिकबजले जनाएको छ ।

उनले स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीहरु इंग्ल्यान्डमा खेल्न सक्छन् भने नेपालले पनि भारतमा खेल्न पाउनुपर्ने माग गरेका छन् ।

‘मैले आइसिसी र जय भाई (बीसीसीआईका सचिव तथा एसिसी अध्यक्ष जय शाह) लाई भनेको छु । यदि स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीहरुले इंग्ल्यान्डमा खेल्छन् भने हाम्रो टिमलाई भारत र रन्जी ट्रफी खेल्न अनुमति दिनुपर्छ । यदि त्यस्तो भयो भने हामी चार वर्षमा टेस्ट खेल्ने राष्ट्र बन्नेछौ,’ मोन्टिले भने ।

उनले अफगानिस्तानसहित नेपालका छिमेकी मुलुकहरू टेस्ट खेल्ने राष्ट्र छन् तथा अफगानिस्तान र नेपालले सँगै खेल्न सुरु गरेको समेत उल्लेख गरे ।


Author

थप समाचार
x