कोभिड-१९

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट

इकागज |
पुस २३, २०८० सोमबार १९:३१ बजे

काठमाडौँ- कोभिड-१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन १ नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन १ नेपालमा पनि फेला परेको जनाएको हो । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन १ पाइएको छ ।


मन्त्रालयले संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूलाई आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ । 

संक्रमणको फैलावट रोकथाम गर्नका लागि  जनस्वास्थ्यको मापदण्डहरू (भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ । 


Author

थप समाचार
x