कोभिड-१९

आज देशभर १९२५ जनाको परीक्षण गर्दा १०३ मा कोभिड पुष्टि

इकागज |
बैशाख १५, २०८० शुक्रबार १६:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर आज १०३ जनामा कोभिड-१९ संक्रमण देखा परेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १ सय ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९२५ जनामा कोभिड परीक्षण गरिएको थियो । आजै देशभरका विभिन्न अस्पतालबाट ५३ जना डिस्चार्ज भएका छन् ।


५४ हजार ३१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

देशभर सक्रिय संक्रमित ३७५ जना छन् ।


Author

थप समाचार
x