कोभिड-१९

कोभिड-१९ बाट थप एक सङ्क्रमितको मृत्यु

इकागज |
बैशाख १४, २०८० बिहीबार १७:२५ बजे

काठमाडौँ । कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
    
आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।    
काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन् । यस्तै भेन्टिलेटरमा एक बिरामी छन् ।    
    
परिवार कल्याण महाशाखाअन्र्तगतको बालस्वास्थ्य तथा खोपसेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यासमेत बढ्न थालेको छ । उनले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको जनाउँदै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रहसमेत गरेका छन् ।



Author

थप समाचार
x