कोभिड-१९

कोरोनाबाट थप एकको मृत्‍यु, ८२ जनामा संक्रमण

इकागज |
बैशाख १३, २०८० बुधबार १७:४२ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा​ कोरोना ​भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार एककाे मृत्यु भएकाे हाे भने ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी उक्त संख्यामा कोरोना संक्रमण देखिएको हाे ।


कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आइसाेलेसनमा २९ जना, आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

बुधबार मात्रै ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन् ।


Author

थप समाचार
x