कोभिड-१९

नेपालमा आज सात जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
फागुन २७, २०७९ शनिबार १८:३४ बजे

फाइल फोटो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् । सोही अवधिमा ३ हजार ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 


शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ । 


Author

थप समाचार
x