कोभिड-१९

थप २ सय २ जनामा कोभिड संक्रमण, एककाे मृत्यु

इकागज |
भदौ १२, २०७९ आइतबार १७:२५ बजे

काठमाडौँ- नेपालमा थप २ सय २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६४ पिसिआर परीक्षणका क्रममा १ सय ६४ जना र १ हजार ७ सय ६९ एन्टिजेन परीक्षणका क्रममा ३८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै कोभिडका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४ सय ६२ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ३ सय १३ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x