अदालत

१३  न्यायाधीशलाई प्रधानन्यायाधीशले भने- विवादित सबैले राजीनामा दिए म पनि दिन्‍छु, नत्र दिन्‍नँ

विष्णु विश्‍वकर्मा |
कात्तिक ९, २०७८ मंगलबार १२:५४ बजे

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले १३ जना न्यायाधीशहरूसँग भएको छलफलमा आफू एक्‍लै राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले छलफलमा विवादित न्यायाधीश सबैले राजीनामा दिए आफू पनि दिने बताएको छलफलमा सहभागी एक न्यायाधीशले इकागजलाई जानकारी दिए । 'यहाँ म मात्रै विवादित होइन् अरु न्यायाधीश पनि विवादित हुनुहुन्छ' प्रधानन्यायाधीश राणाको भनाइ उदृत गर्दै एक न्यायाधीशले इकागजसँग भने 'यदी उहाँहरूले पनि दिए म राजीनामा दिन्‍छु नत्र एक्‍लै राजीनामा दिन्‍न ।'

आज निकास खोज्‍न भन्‍दै १३ न्यायाधीशले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए । प्रधानन्यायाधीश राणासँग छलफल सकेर १३ न्यायाधीश फेरि छलफलमा जुटेका छन् । काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले पनि आफूहरूको सहमति भएको इमेल पठाएका छन् । वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणासँग छलफल सुरु भएको हो । छलफलमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईले निकास खोज्‍न प्रस्ताव राख्‍ने तयारी छ ।


यदि प्रधानन्यायाधीश राजीनामा नदिएको खण्डमा प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलनगरी इजलास बहिष्कार गर्ने औपचारिक धारणा राख्‍ने तयारी छ । प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बहिष्कार निरन्तर रहनेछ ।

प्रधानन्यायाधीशबाहेक काठमार्डौ उपलब्ध १३ जना न्यायाधीशले सोमबार नै इजलास र फूलकोर्ट बहिष्कार गरिसकेका छन् । आइतबारसँगै रहेका न्यायाधीश नहकुल सुवेदी भने सोमबार अनुपस्थित रहेका थिए । न्यायाधीश इश्वर खतिवडा अमेरिका भ्रमणमा छन् ।


Author

थप समाचार
x