अदालत

निकास खोज्‍न प्रधानन्यायाधीशसँग १३ न्यायाधीशको छलफल सुरु

विष्णु विश्‍वकर्मा |
कात्तिक ९, २०७८ मंगलबार १२:३ बजे

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र १३ जना न्यायाधीशबीच छलफल सुरु भएको छ । निकास खोज्‍न भन्‍दै १३ न्यायाधीश प्रधानन्यायाधीश राणासँग छलफल सुरु गरेका हुन् ।

काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले पनि आफूहरूको सहमति भएको इमेल पठाएका छन् । वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणासँग छलफल सुरु भएको हो । छलफलमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईले निकास खोज्‍न प्रस्ताव राख्‍ने तयारी छ ।


यदि प्रधानन्यायाधीश राजीनामा नदिएको खण्डमा प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलनगरी इजलास बहिष्कार गर्ने औपचारिक धारणा राख्‍ने तयारी छ । प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बहिष्कार निरन्तर रहनेछ ।

प्रधानन्यायाधीशबाहेक काठमार्डौ उपलब्ध १३ जना न्यायाधीशले सोमबार नै इजलास र फूलकोर्ट बहिष्कार गरिसकेका छन् । आइतबारसँगै रहेका न्यायाधीश नहकुल सुवेदी भने सोमबार अनुपस्थित रहेका थिए । न्यायाधीश इश्वर खतिवडा अमेरिका भ्रमणमा छन् ।


Author

थप समाचार
x