अदालत

अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

इकागज |
माघ १८, २०८० बिहीबार १७:२३ बजे

फाइल तस्बिर

काठमाडौँ - व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । 

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी चौधरीलाई सरकारी वकिल कार्यालय काठमाडौँले चार दिन म्याद थप गर्न सिफारिस गरेको थियो र सोही अनुसार अदालतले चार दिन म्याद थप्न अनुमति दिएको हो । 


चौधरीलाई सीआईबीले बिहीबार लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको थियाे। यस्तै, अजितनारायण थापालाई पनि अदालतले चार दिनसम्म हिरासतमा राख्न अनुमति दिएकाे छ ।

र, याे पनि

विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

विनोद चौधरीको भाइपछि तत्कालीन अध्यक्ष थापा पनि पक्राउ


Author

थप समाचार
x