अदालत

क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद, पाँच लाख पीडितलाई दिनुपर्ने

इकागज |
पुस २५, २०८० बुधबार १७:० बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग-स्पिनर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

बलात्कार आरोपमा दोषी ठहर भएका सन्दीपलाई बुधबार सजाय तोकिएको हो ।


काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई सजाय तोकेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम् सजाय माग गर्दै बुधबार इजलासमा बहस गरेका थिए ।


Author

थप समाचार
x