अदालत

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाइ आज

इकागज |
भदौ १७, २०८० आइतबार ७:३४ बजे

काठमाडौं- कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज सर्वोच्च अदालतमा पुर्ण सुनवाई हुँदैछ । 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो । 


मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजबाट अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर साे रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै पुन आजबाट सुनुवाइ हुने भएको हो ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ। 

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।


Author

थप समाचार
x