अदालत

न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य हुँदैन : प्रधानन्यायाधीश

इकागज |
असार २२, २०८० शुक्रबार १५:५३ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य नहुने बताएका छन् । 

दाङ जिल्ला अदालतको नवनिर्मित भवनको शुक्रवार उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले ढिला गरी न्याय दिनु भनेको न्याय नदिनु सरह भएकाले न्याय सम्पादनमा कुनैपनि बहानावाजी नचल्ने बताए । 


न्याय सम्पादनमा हुने ढिलासुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको उनले बताए । कार्कीले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ढिलोमा ६ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दालाई १ वर्षभित्र र जटिल प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी काम भैरहेको उल्लेख गरे । 

२०७४ पुसदेखि निर्माण शुरु भएको दाङ जिल्ला अदालतको भवन २०७७ चैतमा सम्पन्न भएको थियो । २५ करोड १९ लाख ८८ हजारको लागतमा निर्माण भएको भवनमा ८७ कोठा र ५ तला रहेको छ । 


Author

थप समाचार
x