अदालत

घुस लिएको आरोपमा नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

इकागज |
असार १७, २०८० आइतबार १६:५१ बजे

फाइल फोटो

काठमाडौँ  - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरुलाई रु १ लाख ७५ हजार बराबरको घुस रकमसहित पक्राउ गरेको थियो । 


आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 


Author

थप समाचार
x