अदालत

न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो

इकागज |
असार ११, २०८० सोमबार १७:९ बजे

फाइल फोटो

काठमाडौं -  न्याय परिषद्को सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वाेच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो ।

हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेका थिए । तर, निष्कर्षविहीन टुंगिएको हो । 


सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्यसहित ४१ र जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।
 


Author

थप समाचार
x