कर्पोरेट

सूचना तथा सञ्चार प्रविधि दिवसमा टेलिकमले दियो विभिन्न छुट

इकागज |
बैशाख १७, २०७९ शनिबार १६:३४ बजे

काठमाडौँ-  नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई नयाँ अफर सार्वजनिक गरेको छ। टेलिकमले वैशाख १९ गते मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा ग्राहकहरूलाई नयाँ योजना सार्वजनिक गरेको हो।

ग्राहकहरुको लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइस सहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि वैशाख २४ सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।


अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रूपैयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा  ९९ रूपैयाँमा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ रूपैयाँमा उपलब्ध हुनेछ ।

अफर लिनका लागि ग्राहकहरूले *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।

विवरण

डाटा

अवधि

मूल्य

६ जीबी डाटा

३ दिन

९८ रूपैयाँ

 

 

 

यसका साथै  २ सय देखि ४ सय ९९ रूपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक ५ सय तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ।

विवरण

अवधि

मूल्य

१ एमबीपीएस अनलिमिटेड + अननेट भ्वाइस अनलिमिटेड

१ दिन

४९ रूपैयाँ

एमपोस रिचार्जमा

डाटा बोनस  (जीबी)

अवधि

२ सय देखि -४ सय ९९

१ जीबी

२ दिन

५ सय वा सो भन्दा माथी

२ जीबी

४ दिन

 

 


Author

थप समाचार
x