कर्पोरेट

स्मिथ एण्ड स्मिथ, रोमानियाबाट रेमिट्यान्स पठाई हरेक हप्ता १० हजार र बम्परमा एक लाख जित्ने मौका

इकागज |
बैशाख २, २०८१ आइतबार १८:५५ बजे

काठमाडौँ- नयाँ वर्षसँगै रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, ई-सेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तैपिच्छे नगद पुरस्कार जित्न सकिने भएको छ । यसरी पैसा पठाउँदा १० हजार र बम्परमा एक जनाले रु १ लाख जित्ने मौका पाउने छन् । अप्रिल १३ राति १२ बजेदेखि लागू भइ २०२४ जुलाई १५ सम्म मान्य हुने ई-सेवाले जनाएको छ ।

ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत​ अजेश कोइराला भन्छन्, 'ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरू जारी गर्दै सहज सेवा प्रदान गर्न प्रतिबद्ध छौँ । स्मिथ एण्ड स्मिथको साझेदारीमा यो योजना सुचारू भएसँगै अब रोमानिया बस्दै गर्नु भएको नेपालीहरूले ई-सेवा मनी ट्रान्सफरमार्फत सहज रूपमा नेपाल पैसा पठाई अफरको फाइदा लिन सक्नुहुनेछ ।'


ईऔसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । ई-सेवा मनि ट्रान्सफरले सेवाग्राहीहरूलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ई-सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई-सेवा मनि ट्रान्सफर, देशभरका दुई करोडभन्दा बढी जनसंख्या र १२ लाखभन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


Author

थप समाचार
x