कर्पोरेट

नेपाली बजारमा होन्डाको एनएक्स २००, कति पर्छ मूल्य ?

इकागज |
चैत २०, २०८० मंगलबार १२:१२ बजे

काठमाडौँ- दुईपाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक बिक्री हुने होण्डाले आफ्नो नयाँ बाइक एनएक्स २०० नेपाली बजारमा भित्र्याएको छ । एनएक्स २०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ ।

यसको 'अप-राइट पोजिशन' र टायरको 'टफ ट्रेड प्याट्रन'ले आरामदायी यात्रा सुनिश्चित गर्ने जनाएको छ । एनएक्स २०० मा उपलब्ध 'वाइण्ड भाइजर' र 'एलईडी विङ्कर' सहितको 'नकल कभर'ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ ।


'लिक्युइड क्लियर' डिजिटल मिटर र चालकलाई पायक पर्नेगरी चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स २०० को अरु थप उल्लेखनिय बिशेषता हुन् । एनएक्स २०० मा रहेको 'फ्रन्ट ए बी एस सिस्टम' र 'डूअल पेटल डिस्क ब्रेक'ले तपाईंलाई दिनेछ यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ ।

'पीजीएम एफआई सिस्टम'ले इन्धनको वचत गर्दै एकोहोरो जिन्दगीबाट पर कतै उमङ्ग खोज्न निस्कने भरपुर शक्ति पनि तपाईंलाई अवस्य दिने जनाएको छ । यसको शक्तिशाली ट्वर्क क्षमताले तपाईंलाई सहरी सयर सहज र लामो अफ्टेरो यात्रा पनि रोमान्चक लाग्ने छ ।

१० वर्षसम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरूमा उपलब्ध एनएक्स २०० को सुरुवाती बिक्री मूल्य ४,७९,९०० मात्र तोकिइएको छ ।  कम्पनीले एनएक्स २०० को औपचारिक बिक्री वितरण यहि चैत १५, २०८० बाट सुरु गरिसकेको छ । होण्डाका सम्पूर्ण आधिकारिक विक्रेता कहाँ गएर या होण्डाको आधिकारिक वेबपेजमा गइ आजै एनएक्स २०० को खरिद या बुकिङ्ग पनि गर्न सकिने जनाएको छ।


Author

थप समाचार
x