कर्पोरेट

सीजीले सुरू गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड

इकागज |
चैत ८, २०८० बिहीबार १२:४० बजे

काठमाडौँ- सीजी ब्रान्ड, नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड हो । यसले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड (IDB) अथवा स्मार्ट बोर्ड शुरु गरेको छ। अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ ।

अन्तरक्रियात्मक डिजिटल बोर्डको क्षेत्र निरन्तर विकसित हुँदैछ । नयाँ प्रविधि र आविष्कारहरू सधैं  नै भइरहेको छ। यो एक रोमाञ्चक र गतिशील हुनुका साथै विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरू जस्ता क्षेत्रमा निकै नै लाभदायक हुन्छ ।


अन्तरक्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहुच योग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयूक्त वस्तु प्रमाणित हुन सक्छ ।  इन्टरएक्टिभ डिजिटल बोर्ड (IDB) लाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससँग अन्तरक्रिया गर्न पनि सकिन्छ ।

बोर्डमा 4K रिजोल्युसन (UHD), वायरलेस स्क्रिन टच, एन्ड्रोइड 13 ओएस, बिल्ट–इन क्यामेरा र माइकहरू जस्ता विभिन्न सुविधाहरूसहित ६५, ७५ र ८६ इन्चमा उपलब्ध छन् ।

यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटि हल र घरमा पनि उपयोगी छ, जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन् । रिमोट लर्निङसग मिल्दो, अन्तरक्रियात्मक डिजिटल बोर्ड (IDB)  ले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरूसँग सजिलै जोडिन सक्दछ ।  यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक आउटलेटहरूबाट प्राप्त गर्न सकिने जनाएको छ ।


Author

थप समाचार
x