कर्पोरेट

नेपालपे क्युआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

इकागज |
फागुन २०, २०८० आइतबार २०:४४ बजे

काठमाडौँ- अब ग्राहकहरूले NEPALPAY QR स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरूमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ्ग स्टोरहरूमा फाल्गुन १९ बाट चैत्र १७ गतेसम्म उपलब्ध रहेको छ । 

पोखरामा रहेका बिगमार्टका स्टोरहरूमा रु ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको Dynamic QR  स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिनेछ । ग्राहकहरूले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ्ग, वालेटहरू वा कनेक्टआईपीएस प्रयोग गरी  NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 


NEPALPAY QR नेशनल पेमेन्ट स्वीच अन्तर्गत QR भुक्तानीलाई  एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वाधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले NEPALPAY QR मा ४ लाख ६५ हजार र SMART QR  को २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध गरेका छन् ।

थप जानकारीको लागि बिगमार्टको आधिकारिक सामाजिक सञ्जाल वा www.nchl.com.np मा जानुहोस् । 


Author

थप समाचार
x