कर्पोरेट

सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

इकागज |
फागुन १०, २०८० बिहीबार १४:५९ बजे

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौँस्थित मेरियोट होटलमा 'विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ' योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 'विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ' योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटेन्स पठाउने राजु तामाङलाई पाँच लाख तीस हजार सात सय पचास रुपैयाँ र कोरियाबाट रेमिटेन्स पठाउने सुबाश लिम्बुलाई एक लाख रुपैयाँ  हस्तान्तरण गरिएको छ । 

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।  


सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मङ्सिर १५ गतेसम्म चल्ने गरी समस्त नेपालीहरूको महान् चाड २०८० सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरूसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने 'विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔँ' उपहार योजना घोषणा गरेको थियो ।

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० ,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ), ४५ जनाले साप्ताहिक उपहार ( जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफल भईसकेका छन् ।

उक्त योजना असोज १५ देखि मङ्सिर १५ गतेसम्म चलेको थियो ।  

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।


Author

थप समाचार
x