कर्पोरेट

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुँदै, माईपे वालेटबाट टिकट लिन सकिने

इकागज |
फागुन ४, २०८० शुक्रबार १५:२ बजे

काठमाडौँ- मेनुका पौडेलको आफ्नो पहिलो लाइभ सांगीतिक कार्यक्रम काठमाडौँबाट गर्ने उनको आर्टिस्ट म्यानेजर माईपे इमेन्ट्सले जनाएको छ । तपस्या इन्टरटेनमेन्टको आयोजनामा नेपालका प्रमुख ४ सहरहरूमा २०८० फागुन १८ देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको सांगीतिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिन्छ ।

२०५५ सालमा झापाको हल्दीबारी-४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आइडलको पहिलो सिजनमा भाग लिइन् । नेपाल आइडलले नै उनलाई देश विदेशमा रहने नेपालीहरूमाझ चिनायो । त्यसपछि उनले भारतीय टीभी च्यानल सारेगमपाको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप ११ मा पर्न सफल भएकी थिइन् । त्यसपछि इन्डियन आइडलमा गई आफ्नो जादुमयी आवाजले सबैलाई मोहित बनाएकी पौडेल टप १० सम्म पुग्न सफल भएकी थिइन् ।


मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ । आगामी फागुन १८ गते काठमाडौँको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

हाल साधारण टिकटको दर रु १००० र विशिष्ट टिकटको दर रु.१५०० राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ । उनको लाइभ सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरू तथा मेनुकाका समर्थकहरू उत्साहित देखिएका छन् ।   


Author

थप समाचार
x