कर्पोरेट

रेड्मी नोट १३ सिरिजको नेपालमा लन्च : के-के छ विशेषता ?

इकागज |
माघ २३, २०८० मंगलबार १०:३५ बजे

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । सोमबार  होटल अलफ्टमा आयोजित एक शानदार लन्च कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरूको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत  रेड्मी नोट १३ प्रो + फाइभ जि, रेड्मी नोट १३ प्रो,  रेड्मी नोट १३ सार्वजनिक गरेको  हो ।

यी तीनै मोडेलहरूमा ग्राहकहरूले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्नेछन् । रेडमी १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।


लन्चको अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भनिन्,'ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्धेश्यले डिजाइन गरिएका यी नयाँ  स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । शाओमीको प्रतिबद्धता सरल छ : हामी हाम्रा सबै ग्राहकहरूलाई उच्च–गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौँ । स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएकोमा हामी गर्व गर्छौं र हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरूले यी नयाँ  मोडेलहरूलाई मन पराईदिनुहुनेछ ।'

रेड्मी नोट १३ प्रो + फाइभ जि : बोल्ड स्टाइल, बेजोड पर्फर्मेन्स 

मुख्य विशेषताहरू:
स्टाइलिश डिजाइन र क्रिस्टल क्लियर डिस्प्ले:

स्टाइलिश डिजाइन भएको यस रेड्मी नोट १३ प्रो + फाइभ जि को मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ । यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२८१२२०को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ । आइपि ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो रेड्मी नोट १३ प्रो + फाइभ जि हेर्दा जति स्टाइलिश छ त्यत्ति नै टिकाउ पनि छ ।

बेजोड प्रदर्शन:
रेड्मी नोट १३ प्रो + फाइभ जिमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ भने ८ जिबी + २५६ जिबी र १२ जिबी + ५१२ जिबीको स्टोरेज कन्फिगरेसनले ग्राहकहरूलाई आफ्नो फाईलहरू राख्न सहजता प्रदान गर्छ ।

२०० मेगापिक्सेल शटर म्याजिक 
रेड्मी नोट १३ प्रो+ फाइभ जिको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामराको साथमा ग्राहकहरूले फोटोग्राफीको नयाँ अनुभव लिन  सक्नेछन् । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषा नै परिवर्तन गरिदिएको  छ ।

सुपर फास्ट चार्जिङ र आकर्षक सेन्सर:  
रेड्मी नोट १३ प्रो+ फाइभ जिको ५००० एमएचको ब्याट्री भएको हुँदा आरामसँग दिनभर फोन चलाउन सकिन्छ । यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध भएकाले चार्जिङ पनि अति छिटो हुन्छ । डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्कृन फिङगर प्रिन्ट पनि उपलब्ध छ ।  

रेड्मी नोट १३ प्रो : नयाँ ब्यालेन्स
मुख्य विशेषताहरू:
स्टाइलिश एमोलेड डिस्प्ले:

७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस रेड्मी नोट १३ प्रो मा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ । ६.६७–इन्चको एमोलेड डिस्प्ले, २४००८१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्दछ । साथै यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिल्ला ग्लास रहेको छ ।

स्पीडको नयाँ परिभाषा :
मिडिया टेक हेलियो अल्ट्रा सहित आउने रेड्मी नोट १३ प्रो प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । त्यस्तै युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआइ १४ मा राखिएको छ । स्टोरेजको कुरा गर्नुपर्दा यो फोन ८ जिबी+२५६ जिबी वा १२ जिबी +५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ ।

२०० मेगापिक्सेल क्यामेरा :
रेड्मी नोट १३ प्रो ले तपाईंको फोटोग्राफी स्किललाई नयाँ उचाइमा पुर्‍याउँदछ । ओआइएसको साथ यसको २०० एमपी मुख्य क्यामेराले हरेक डिटेल कैद गर्दछ भने पृथक फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छ । यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी–पोर्ट्रेटहरूमा छुट्टै चमक ल्याउँछ ।

सुपर चार्ज र अडियो :
रेड्मी नोट १३ प्रो को ५००० एमएच ब्याट्रीको साथ उत्कृष्ट ब्याट्री लाईफको अनुभव लिन पाइन्छ ।  साथमा ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ । यस स्मार्टफोनमा डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ ।

रेड्मी नोट १३ : हरेक फिचर विशेष 
मुख्य विशेषताहरू :
भव्य डिस्प्ले:

७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रेड्मी नोट १३ लाई हल्का र स्ल्कि देखाएको छ । यसको आकर्षक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८८१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स सहित उपलब्ध छ ।

शक्तिशाली स्न्यापड्रागन ६८५:
स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स प्रदान गर्दछ । एन्ड्रोइड १३ र एमआइयुआई १४ भएको यो डिभाइस बिना कुनै ल्याग चल्दछ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्‍याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् ।

१०८ मेगापिक्सेल पावरहाउस:
रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले राम्रो डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीमा छुट्टै चमक ल्याउँछ ।

एक्स्ट्रा ब्याकअप:
५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकोले रेड्मी नोट १३ मा दिनभरी भिडियो हेर्न वा अरु काम गर्न मिल्छ । साथसाथै यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र अतिरिक्त सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।


Author

थप समाचार
x