कर्पोरेट

अन्नपूर्ण केबलकारको ११ फागुनमा एजीएम

इकागज |
माघ १८, २०८० बिहीबार १३:३७ बजे

फाइल तस्बिर

काठमाडौं - अन्नपूर्ण केबलकार लिमिटेडले फागुन ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश हुने छ । सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु हुनेछ । 

साथै, आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । 



Author

थप समाचार
x