कर्पोरेट

सामसङले घटायो नयाँ वर्षमा मोबाइलको मूल्य

इकागज |
पुस १६, २०८० सोमबार १४:२९ बजे

काठमाडौँ- सामसङले आफ्नो ग्राहकहरूको नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका पाँच वटा मोबाइलहरू Galaxy A34 5G, Galaxy A04s, Galaxy A04, र Galaxy M14 5G को प्रचलित मूल्य अविश्वसनीय रुपमा कम गर्ने घोषणा गरेको छ । सामसङले मोबाइलहरूको मूल्यमा दुई हजार रूपैयाँ कम गरेर उपलब्ध गराउने घोषणा गरेको छ ।

क्र.सं मोडल  हालको मूल्य (ने.रु.)   नयाँ मूल्य (ने.रु.)

Galaxy A34 5G (८/१२८ जिबि)

४५,९९९/- ४३,९९९/-
Galaxy A04s (४/१२८ जिबि) २१,९९९/-     १९,९९९/-
Galaxy A04 (४/६४ जिबि) १६,९९९/- १४,९९९/-
Galaxy M14 5G (६/१२८ जिबि) २४,९९९/- २२,९९९/-
Galaxy M04 (४/१२८ जिबि) १७,९९९/- १५,९९९/-


सामसङको Galaxy A series किफायती मूल्यमा पाइने उपकरण हो भने  M series चाहिँ performance driven monster उपकरणको रुपमा परिचित रहेकाले लाखौं ग्राहकहरूमाझ प्रिय बन्न सफल दाबी गरिएको छ ।

आकर्षक विशेषताहरू र पावरफुल पर्फर्मेन्सबाहेक Galaxy A34 मा ५ वर्षको security अपडेट र ४ OS अपग्रेडहरूको सुविधा रहेको जनाएको छ । यसैगरी, Galaxy A04, Galaxy A04s, M14 / A04 मा पनि ४ वर्षको security अपडेट र २ OS अपग्रेडहरूको सुविधा छ जसले प्रयोगकर्ताहरूलाई सहज बनाउने बताइएको छ ।


 


Author

थप समाचार
x