कर्पोरेट

एउटा अद्भूत स्मार्टफोनको अर्थलाई पुनः परिभाषित गर्दै सामसङले ल्यायो ग्यालेक्सी ए२५ फाइफ जी

इकागज |
पुस १२, २०८० बिहीबार २१:८ बजे

काठमाडौँ- तपाईंको परिभाषामा एउटा अद्भूत स्मार्टफोन भनेको के हो ? के यसमा व्यापक Super AMOLED डिस्प्ले हुन्छ ? कि यसमा ५० एमपि OIS क्यामरा छ, जसले तपाईंका सबै पलहरूलाई स्पष्ट सँग क्याप्चर गरिदिन्छ ? हुनसक्छ तपाईंले एउटा त्यस्तो शक्तिशाली प्रोसेसरसहितको सुरक्षित उप प्रणाली चाहनु भएको हो जसले तपाईंको निजी एवं संवेदनशील जानकारीहरूको सुरक्षा गरिदेओस् । साथै, निसन्देह तपाईंले अत्यन्त छिटो चार्ज हुने क्षमता भएको, र धेरै समय चलिरहने ब्याट्रीको साथ साथै लामो समयको लागि अद्यावधिक OS युक्त स्मार्टफोन चाहना राख्नु भएको छ ।

यदि तपाईं तपाईंको लागि अद्भूत फोनको परिभाषा त्यसरी गर्नु हुन्छ भनें स्मार्टफोन प्रविधिमा विश्वमै अग्रणी रहेको सामसङले ग्यालेक्सी ए२५ ५जिको प्रस्तुतिसंगै ती सबै आवश्यकताहरू र अझ त्यो भन्दा धेरै पूर्ति गर्ने स्मार्टफोन उपलब्ध गराएको छ ।


यो स्मार्टफोनले Full HD+ जोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त Super AMOLED Screen प्रदान गर्दछ । ग्यालेक्सी ए२५ ५जिको अगाडी पट्टि १३ एमपिको सेल्फि क्यामरा जडित छ भनें पछाडी OIS र VDIS(EIS) युक्त ५० एमपिको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरूलाई स्थीर, धमिलोरहित फोटो र भिडियोहरू खिच्न सहयोग गर्दछ । यसका साथै यसमा ८ एमपि अल्ट्रा वाइड कयामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।

यस स्मार्टफोनमा Exynos 1280 प्रोसेसर जडित छ भनें यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ । सामसङ ग्यालेक्सी ए२५ ५जि सँग सामसङ Knox Vau​ को साथ छ, जसले तपाईंको फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन । ग्यालेक्सी ए २५ ५जिको 5000mAh ब्याट्रीका साथ तपाईंले यो स्मार्टफोन दिनभर जति पनि चलाउन सक्नु हुनेछ र यससंगै उपलब्ध असली सामसङ २५ वाटको Type-C चार्जरको सहायताले तुरुन्तै रिचार्ज समेत गर्न सक्नु हुनेछ । 

यसका अतिरिक्त यसमा एण्ड्रोइड १४ मा आधारित One UI 6.0 मा ४ मुख्य एण्ड्रोइड OS अद्यावधिकहरू र ५ वर्षको सुरक्षात्मक अद्यावधिकहरू प्राप्त हुनेछन् । ग्यालेक्सी ए२५ ५जि दुई थरीको ८जिबि र्याम र १२८/२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा नीलो, नीलो र पहेंलो गरी ३ रङ्गहरूमा पाइन्छ ।

यी सबै अद्भूत विशेषताहरूले सुसज्जित यो फोनमा अझ धेरै विशेषताहरू छन्, जस्तै Side Mounted Fingerprint sensor, Dolby Atmos वातावरणयुक्त स्टेरियो स्पिकर जसले चारैतिर अतुल्य ध्वनि प्रवाह र कलको दौरान अद्भूत आवाज प्रदान गर्दछ । यी सम्पूर्ण अद्भूत विशेषताहरूले भरपूर यो स्मार्टफोन हाल ८/१२८ जिबिको लागि ने.रु.४०,९९९/ र ८/२५६ जिबिको लागि ने.रु.४४,९९९/ बजार मूल्य कायम गरी एक अद्भूत स्मार्टफोनको परिभाषा दिएको छ ।

यसका अलावा देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत् तपाईंले शून्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्ता तिरेर पनि यो नयाँ फोनलाई आफ्नो बनाउन सक्नु हुनेछ । यो प्रक्रिया झँझटरहित छ र तपाईंले एक घण्टा भित्रमा उक्त स्टोरमा सम्पूर्ण काम सकेर नयाँ ग्यालेक्सी ए२५ ५जिको साथमा केही अद्भूत पलहरू सिर्जना गर्न तयार हुनु हुनेछ ।


Author

थप समाचार
x