कर्पोरेट

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

इकागज |
पुस ९, २०८० सोमबार २१:२३ बजे

काठमाडौँ- शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । 

मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान मूल नाराका साथ सुरु गरिएको यो प्रतियोगिता तेश्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तीन जना विजेता र १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ ।


शौर्य सिमेन्ट का प्लान्ट हेड गुरु दयाल सिंहको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ट साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रशिम रानीसहित विभिन्न वडाका वडाध्यक्षहरूको पनि सहभागिता रहेको थियो ।    

उक्त प्रतियोगितामा पहिलो हुनेमा सप्तरीकी मिथिला चित्रकार रुबी कर्ण, दोश्रो हुनेमा महोतरीकी नेहा कुमारी, तेश्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकी छिन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ७५ हजार, दोश्रो हुनेलाई नगद रु ५० हजार र तेश्रो हुनेलाई नगद रु २५ हजार साथै बाँकी १२ जनालाई सान्त्वना पुरस्कार नगद रु ११ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो । तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए । 

कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुजकुमार महतले स्वागत मन्तव्य राखेका थिए साथै यस कार्यक्रमको उद्घोषण संतोष लाल दासले गरेका थिए । उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकार श्याम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी रहेका थिए ।  


Author

थप समाचार
x