कर्पोरेट

यार्सा टेकले जित्यो इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३

इकागज |
पुस ९, २०८० सोमबार १२:५८ बजे

काठमाडौँ- ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले 'यार्सा टेक प्रालि'लाई 'इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३' को विजेता घोषणा गरेको छ । इनड्राइभले, प्रतिष्ठित आईसीटी अवार्ड २०२३ को लागि साझेदारी गरेको थियो, जसले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने आफ्नो प्रतिबद्धतालाई जनाएको छ ।

इनड्राइभ, प्राविधिक विकासहरू तथा ड्राइभिङको लागि प्रतिबद्धताका लागि प्रख्यात रहेको दाबी गरेको छ । आईसीटी अवार्ड २०२३ सँग आफूलाई साझेदारी गर्न पाउँदा गौरवान्वित भएको जनाएको छ ।


'इनड्राइभले आईसीटी अवार्ड २०२३ सँग साझेदारी गर्न पाउँदा सम्मानित महसुस गरेको छ ।  इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्त्व बुझ्दछ, र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूका उपलब्धिहरूलाई प्रकाश पार्ने कार्यक्रममा योगदान दिन पाउँदा हामी गर्व गर्छौं, हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२३ को सबै विजेताहरूलाई पनि बधाई दिन चाहन्छौं' इनड्राइभका एपीएसीका पीआर लिड पवित नन्दा आनन्दले भनिन् ।

आईसीटी अवार्ड उदीयमान प्रतिभाहरूको पहिचान र प्रदर्शन गर्न, उनीहरूलाई उद्योगमा महत्त्वपूर्ण प्रगति गर्न आवश्यक पर्ने एक्सपोजर र समर्थन प्रदान गर्ने भूमिकाका लागि प्रख्यात रहेको उनले बताइन् । इनड्राइभले प्राविधिक विकासमा स्टार्टअपहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिन्छ र भिजनसहितका आगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ ।

'हामी इनड्राइभलाई आईसीटी अवार्ड २०२३ को 'इन एसोसिएसन पार्टनर' को रूपमा अनबोर्ड गर्न पाउँदा उत्साहित छौँ । प्रविधिको उन्नतिप्रतिको इनड्राइभको प्रतिबद्धता, आईसीटी सेक्टरमा नवीन स्टार्टअपहरूलाई पहिचान र उत्थान गर्ने लक्ष्य र हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छ' आईसीटी अवार्ड २०२३ का अध्यक्ष राजन लम्सालले भने 'इनड्राइभको सहयोगले निस्सन्देह यस वर्षको अवार्डको सफलतामा योगदान पुर्‍याएको छ, र हामी विश्वव्यापी रूपमा उत्कृष्ट स्टार्टअपहरूको वृद्धि र पहिचानलाई थप प्रोत्साहन दिने सहयोगी प्रयासको लागि तत्पर रहेका छौं ।'


Author

थप समाचार
x