कर्पोरेट

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल चयन

इकागज |
पुस ५, २०८० बिहीबार १६:२० बजे

 काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २३० औं सञ्चालक समितिको बैठकबाट रामु पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ ।

मंगलबार भएको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात् नेपाल क्लियरिङ्ग हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।


पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ ।  

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो । 


Author

थप समाचार
x