कर्पोरेट

'भिजा पार्टनरसिप' अवार्डबाट 'आइएमई पे' सम्मानित

इकागज |
पुस ५, २०८० बिहीबार १३:२१ बजे

काठमाडौँ- नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' 'भिजा पार्टनरसिप' अवार्डबाट सम्मानित भएको छ । काठमाडौँमा म‌ंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा  'आइएमई पे'लाई 'एक्सिलेन्स इन फिनटेक पार्टनरसिप'  अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि 'आइएमई पे' र  भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्ने जनाएको छ । 'आइएमई पे'ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड  प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए ।
 



Author

थप समाचार
x