कर्पोरेट

एशियन पेन्टसको भूकम्पपीडितलाई ५० लाख सहयोग

इकागज |
मंसिर १५, २०८० शुक्रबार १३:२३ बजे

काठमाडौँ - एशियन पेन्टस् नेपालले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ५० लाख सहयोग गरेको छ । विपद् प्रभावित क्षेत्रमा पुर्नस्थापना र पुर्ननिर्माणका लागि भन्दै एशियन पेन्ट्सले सो सहयोग गरेको जानकारी दिएको छ । पेन्ट्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । 

एशियन पेन्टस् नेपालका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णले मंसिर १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेक हस्तान्तरण गरेका छन् । गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको थियो । 



Author

थप समाचार
x