कर्पोरेट

भूकम्प पीडितलाई युनिलिभरको सहयोग

इकागज |
कात्तिक २०, २०८० सोमबार ११:१६ बजे

काठमाडौँ– युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित जनसमुदायहरूलाई सहयोग गरेको छ । 

मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरूप प्रभावित क्षेत्रहरूमा अत्यावश्यक सहायता सामग्रीहरू सहयोग गरेको हो ।


युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र औषधि उपचार सामाग्री, ७०० थान ब्ल्याँकेट, २५० थान पाल र स्थानीय रूपमा खरिद गरिएका थप खाद्यान्नहरू जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको युनिलिभरले जनाएको छ ।

युनिलिभरले स्थानीय निकाय, संघसंस्था, संगठन र समुदायहरूसँग समन्वय गरेर राहत सामाग्री वितरणको कार्य प्रभावकारी ढंगले गरेको दाबी गरेको छ । 

संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपद जन्य सहयोगमा योगदान पुर्‍याउन र समुदायहरूको पुनः निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध रहेकाे युनिलिभरले जनाएकाे छ ।


 


Author

थप समाचार
x