कर्पोरेट

नेपाली बजारमा सनफिस्ट डार्क फेन्टासी चोको फिल्स कुकिज

इकागज |
असोज २६, २०८० शुक्रबार १३:३४ बजे

काठमाडौं– सूर्य नेपाल प्रा.लि.ले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री वितरण आरम्भ गरेको छ । सूर्य नेपाल प्रा. लि. को यस कदमलाई नेपाली खाद्य उद्योगको क्षेत्रमा एक उल्लेखनीय कार्य मानिएको छ ।

उच्चकोटीका सामग्रीहरुको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठास र बटरको क्रिस्पसहितको अतुलनीय स्वादले कुकिज पारखीहरुको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।


सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा अभिनेत्री शिल्पा मास्केलाई अनुबन्ध गरिएको छ । बहुप्रतिष्ठित सनफिस्ट डार्क फेन्टासी अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध छ । 

यसका दुईथरी प्याकहरु हाल बजारमा उपलब्ध रहेका छन् । जसमध्ये एउटा ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य रु.९० रहेको छ, यसैगरि ३०० ग्रामको आकर्षक प्याकेट भित्र २४ वटा छुट्टाछुट्टै पाउच हुन्छन् र यसको मूल्य रु. ३५० रहेको छ । 
 


Author

थप समाचार
x