कर्पोरेट

धादिङको ताल्तीमा सानिमा बैंकको एटिएम बुथ

इकागज |
साउन १२, २०८० शुक्रबार १४:५२ बजे

काठमाडौँ– सानिमा बैंक लिमिटेडले बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित हक्सिन सिमेन्ट नारायणी प्रा.लि. उद्योगको परिसरमा एटिएम बुथको स्थापना गरेको छ ।

बैंकले बुधबार रोराङ गाउँपालिका, धादिङका स्थानीयवासीहरू माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले एटिएम स्थापना गरेको हो । 


उक्त एटिएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका–२ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जेनेरल मेनेजर आङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बागमती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा उद्‍घाटन भएको हो । 

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर आङ चाङ होङले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । 

त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले उक्त एटिएमको भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरिन् । 


 


Author

थप समाचार
x