कर्पोरेट

राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट नबिल बैंक सम्मानित

इकागज |
साउन ७, २०८० आइतबार २०:३२ बजे

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट नबिल बैंक लिमिटेड सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।


काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए । 

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एसियन फेडेरेशन अफ एकाउन्टेन्टस् (साफा)द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपिए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।
 


Author

थप समाचार
x