कर्पोरेट

बुटवल पावर कम्पनी स्वर्ण पुरस्कारबाट सम्मानित

इकागज |
साउन ७, २०८० आइतबार १८:३१ बजे

काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) ले ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’ मा प्रदान गर्ने विभिन्न विधाहरूमध्ये विद्युत् र ऊर्जा क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड स्वर्ण पुरस्कारबाट सम्मानित भएको छ ।

आईक्यानले आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।


काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत र आइक्यानका अध्यक्ष भाष्कर सिँह लालाले संयुक्त रूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरे ।

उक्त अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बीपीसीले जनाएको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरूबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६२००० ग्राहकहरूलाई विद्युत् वितरण गर्दै आएको छ । 

हाल सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत् आयोजनाहरूमा पनि कम्पनीको लगानी रहेको छ भने पूर्व निर्माणको चरणमा रहेका मर्स्याङ्डी बेसिनस्थित करिब ६०० मेगावाटको तीनवटा जलविद्युत् आयोजनाहरूमा समेत लगानी रहेको छ ।
 


Author

थप समाचार
x