कर्पोरेट

नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इकागज |
असार १०, २०८० आइतबार १७:१८ बजे

काठमाडौँ– विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ । 


रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील केसीले हस्ताक्षर गरे । 

सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देववहादुर थापाले जानकारी गराए । 


Author

थप समाचार
x