कर्पोरेट

एमजि जेडएस इभिका लागि बुकिङ खुल्ला

इकागज |
जेठ २९, २०८० सोमबार १७:१९ बजे

काठमाडौँ– एमजि भेहिकलका लागि नेपालकाे एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि(डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर वृद्धि भएता पनि एमजिको यस मोडलको गाडीको मूल्य ५२.९९ लाख रुपैयाँ तोकिएको छ । बजेट भाषण अगाडि यस गाडीको मूल्य ५२.४९ लाख रुपैयाँ रहेको थियो ।


कोभिड पश्चात् विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो बिक्रीका कारण एमजिले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मूल्य घटाउन सफल भएको हो ।

त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्धि कारण  पनि जेडएस इभि(डिलक्स) मोडलको गाडीको मूल्यमा खास फरक परेको छैन । प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य ५२.४९ लाख रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।


 


Author

थप समाचार
x