कर्पोरेट

रियलमी नार्जो एन–५५ र एन–५३ सार्वजनिक

इकागज |
जेठ २१, २०८० आइतबार १९:३१ बजे

काठमाडौँ– टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँँ पुस्ता अर्थात् जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुई वटा स्मार्टफोन मोडलहरू नार्जो एन–५५ र नार्जो एन–५३ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असीमित सम्भावनाहरू जनाउँछ । 

कटिङ एज फिचरहरू, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरूले नेपाली नयाँँ पुस्ताको मन जित्ने विश्वास गरिएको छ ।


लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले भने, ‘रियलमी नार्जो एन–५५ र एन–५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ ।’

उनका अनुसार नार्जो एन–५३ रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभल अल राउन्डर हो । फोन जति स्लिम छ त्यति नै शक्तिशाली छ । 
अर्कोतर्फ, रियलमी नार्जो एन–५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शानदार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ ।

यी दुई स्मार्टफोनहरूले आकर्षक फिचरहरू मात्र नभएर सुपथ मूल्यमा नवीनतम् प्रविधि प्रदान गर्ने रियलमीको प्रतिवद्धतालाई पनि मूर्त रूप दिने बताइएको छ । 

नार्जो एन ५३ स्लिम एन्ट्री लेभल अल राउन्डर 
  
७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन–५३ स्लिम एन्ट्री लेभल राउन्डर हो । सि –एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ । रियलमीको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ । यसको मतलब हो, फोनमा भएको ६ जिबि र्यामलाई अर्को ६ जिबिसम्म बढाउन मिल्छ । 

सुन्दर क्यालिफोर्निया सनशाइन डिजाइनमा बनाइएका यी फोनहरूले युवाहरूको चञ्चल र हँसिलो व्यक्तित्वलाई प्रतिनिधित्व गर्दछ । 

रियलमी नार्जो एन–५५ एन–३३बाट फास्ट चार्जिङ सहितको नेक्स्ट जेन पावर हाउस 

नार्जो एन–५५ नयाँँ पुस्ताको लागि पर्फेक्ट फोन हो । ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपिको एआइ क्यामरा, मिडिया टेक हेलियो जि ८८ चिप सेट र १२ जिबिसम्मको डाइनामिक र्‍याम र ९० हर्जको फुल एचडि प्लस डिस्प्ले जस्ता फिचरहरूले फोनलाई यस सेग्मेन्टको अन्य मोडलहरूको तुलनामा एक कदम अगाडि बनाएको छ ।


 


Author

थप समाचार
x