कर्पोरेट

स्मार्ट क्यूआर तथा नेपाल पे क्यू आरबीच अन्तरआबद्धताको थालनी

इकागज |
असोज १६, २०७९ आइतबार १४:४९ बजे

काठमाडौँ- स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)  तथा नेपाल क्लियरिङ हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्विच मार्फत   क्यू आर अन्तर आबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक कार्यक्रम बीच सम्झौता भएको छ । सम्झौता पत्रमा एससिटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिह प्रधानले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, एससिटी तथा एनसीएचएलका सञ्चालक समितिका सदस्यहरु एवम् मिडिया तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 


एससिटी तथा एनसीएचएलबीचको यो सम्झौतालाई  क्यू आर अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण देउढुङ्गाको रुपमा लिइएको छ । यसले  क्यू आर सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । उक्त सम्झौता पश्चात स्मार्ट क्यूआर (स्मार्ट क्यू आर) उपलब्ध रहेका मोबाइल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले नेपाल पे क्यू आर का मर्चेन्टहरुलाई   क्यू आर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

त्यसै गरी नेपाल पे क्यू आर उपलब्ध रहेका मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआर (स्मार्ट क्यू आर)का मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुबै नेटवर्क भित्रका  क्यू आर सम्बन्धी भुक्तानी गर्न सहज हुने छ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन । हाल नेपाल पे क्यू आर मा ७० हजार भन्दा बढि र स्मार्ट क्यूआर (स्मार्ट क्यू आर) मा १ लाख ६० हजार भन्दा बढि मर्चेन्टहरू आबद्ध रहेका छन् ।

नेपाल क्लियरिङ हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यू आर सञ्चालनमा ल्याइएको हो ।  क्यू आर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यू आर ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेशनल पेमेन्ट स्विचका निम्ती हाल हाल सम्म ५७ वाणिज्य बैंक , ५ विकास बैंक  १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकहरुले सम्झौता पनि गरिसकेका छन् ।


Author

थप समाचार
x