कर्पोरेट

नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि सञ्‍चालनमा रहने

इकागज |
असोज १६, २०७९ आइतबार १३:१५ बजे

काठमाडौँ- नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।   यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टीकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्‍चालन गर्नेछ । 

आदरणीय ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टर मा कल , इमेल, ह्वाट्स्एप, भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नु हुनेछ ।  यसबाट ग्राहकहरू लाभान्वित हुने इन्स्योरेन्सले जनाएको छ। 


देशैभरी फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।  
 


Author

थप समाचार
x